ब्रत बसेकी ५० वर्षीय महिलाको मन्दिरमै मृत्यु

Deuti bajai mandir

सुर्खेत । बराहताल गाउँपालिका –८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै ब्रत बसेकी एक महिलाको मृत्यु भएको छ ।

दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा बराहताल गाउँपालिका वडा नं. ४ सिम्लेघारी निवासी ५० वर्षीया महिला लक्ष्मी शाहीको मृत्यु भएको हो ।

मृतक लक्ष्मी भने दिर्ग रोगीको बिरामी रहेको र हिजोदेखि ब्रत बसेर खाना नखाएका कारण बेहोस बनेकी थिइन् । स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनिषा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्ने क्रममा लक्ष्मी बेहोस भएकी थिइन् । पछि होस् नखुलेरै उनको मृत्यु भएको हो । उक्त मन्दिरमा हप्तामा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्छ ।

यसैबीच लकडाउन खुकुलो भएसँगै सुर्खेतको देउतीबज्यै मन्दिरमा पनि दिनप्रतिदिन दर्शनार्थीको भीड बढ्दै गएको छ । तर उनीहरुले कोरोना महामारीलाई केन्द्रित गरी सामाजिक दूरीको पालना भने गरेका छैनन् ।

मन्दिर दर्शन गर्नेहरुको धुइँचो लाग्न थालेपछि लाइनमा बसेर दर्शनार्थीले पालो क्रमअनुसार पूजा गर्ने गरेका छन् । लकडाउन खुकुलो भए पनि मन्दिरजस्ता निकै भीडभाड हुने ठाउँमा सुरक्षा उपाय अपनाउनु पर्ने हो । तर यस विषयमा कसैले ध्यान दिएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...