गाडीमा यात्रा गर्दा वान्ता हुन्छ भने अपनाउनुहोस् यस्ता उपायहरु

Bumiting traval

काठमाडौं । सवारी साधन खासगरि बसमा यात्रा गर्दा रिंगटा लाग्ने र बान्ता हुने समस्या धेरै मानिसहरुको हुने गर्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् ।

कोही मानिसमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा यो समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो ।

शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ तर यो समस्याको पनि समाधान छ ।

यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ ।

मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ। तर यो समस्यालाई घरेलु उपायबाट पनि समाधान गर्न सकिन्छ । हेर्नुहोस् हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटी जसले बान्ता हुनबाट बचाउँछ ।

१. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ ।

२. ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।

३. जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।

४. आँप : काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ। त्यही आँपको पातले वान्ता रोक्ने काम गर्दछ। यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नुपर्दछ ।

५. सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ। यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।

६. अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि मोसन सिकनेस कम हुन्छ । यसैगरी फलफुलका रुपमा प्रयोग हुने दाडिम (अमिलो अनार), बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि मोसन सिकनेस कम गर्न सकिन्छ ।

अथवा माथि भनिएका मध्ये मौसम अनुसार काँचो आँप वा दाडिम जे उपलब्ध हुन्छ त्यही लिई त्यसको जुस बनाउने र उक्त जुसमा पुदिना, अदुवा, ल्वाङ्ग मिसाएर अलिकति नुन र सौंफको पाउडर पनि राखी यात्राका क्रममा पटक–पटक पानीका रुपमा प्रयोग गर्दा पनि मोसन सिकनेसलाई कम गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...