फेरि बढ्यो कोरोना, पछिल्लो २४ घण्टामा १५६ जनामा संक्रमण पुष्टि

Corona test

काठमाडौं । पछिल्लो २४ घन्टामा १ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ११ हजार ६ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।

राजविराजमा मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना
यसैबीच कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएका राजविराज नगरपालिका–६ का ७२ वर्षीय वृद्धको परिवारका सबैलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मुटुमा समस्या भएपछि गत असार ३० गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएका ती वृद्धको कोरोना संक्रमण परीक्षणको रिर्पोट साउन १ गते साँझ आएको र सोही राति नै उनको मृत्यु भएको थियो ।

मृत्युपछि उनको परिवारका सबै सदस्य र उनको पसलका कामदारहरु गरी २३ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये उनको परिवारका २ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जनाएका छन् । उनको पसलमा काम गर्ने अन्य १६ जनाको रिर्पोट आइनसकेको यादवले बताए ।

लकडाउन सुरु हुनुभन्दा अगाडि नै उपचारका लागि दिल्ली गएका ती वृद्ध लडकाउनकै अवधिमा दिल्लीबाट बिहारको दरभंगामा आएर बसेका थिए । १३ दिनअघि मात्र नेपाल आएका उनी क्वारेन्टाइनमा नगएर घरमै ‘होम क्वारेन्टाइन’ बस्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...