दर्शनका लागि खुल्ला भयो दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर

Bhimeswor mandir

दोलखा । लकडाउनका कारण लामो समयदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न खुलेको छ । मन्दिर चैत ११ गतेदेखि बन्द गरिएको थियो ।

मन्दिरको मुख्य बाहिरी गेट खुला गरिएको भए पनि भित्री मुख्य मूलद्वार भने बन्द नै रहेको छ । कोरोना भाइसरको जोखिम रहेका कारण दर्शनार्थीलाई सानिटाइजरको प्रयोग, साबुनपानीले हात धुने व्यवस्था गरी दर्शनका लागि व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि बन्द भएको १ सय १५ दिनपछि बन्द रहेको भीमेश्वर मन्दिर दर्शन गर्नका लागि शनिबारदेखि मन्दिरको मूल ढोका खुला गरिएको छ ।

एक शिला तीन अवतारका रुपमा पूजा गरिने प्रसिद्ध भीमेश्वरको मन्दिर शनिबारदेखि खुला गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका–२ स्तरीय समितिको छलफलबाट खुला गर्ने निर्णय भएको वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

मन्दिर परिसरमा भित्र पसेर घुमेर दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ । दोलखा बजारमा वर्षभरि मनाइने जात्रापर्वहरु खुलाउनका लागि मन्दिर घुमाउनै पर्ने बाध्यता रहेका कारण मन्दिर दर्शनका लागि खुला गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्ययवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...