साउनको पहिलो सोमबार पशुपतिनाथको मन्दिर नखुल्ने

Pashupati nath

काठमाडौं । यस वर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायमै रहेकाले दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सरकारले तत्काल पशुपति सर्वसाधरणका लागि खुला गर्ने निर्णय नगरेकोले पहिलो सोमबार मन्दिर नखुल्ने कोषले बताएको छ । दर्शनार्थीहरुलाई पूर्णतः रोक लगाउन नमिल्ने भएकाले उनीहरुले मन्दिरको बाहिरैबाट दर्शन भने गर्न सक्ने उनको भनाइ छ ।

हाल मन्दिरमा नित्यपूजा मात्र भइरहेको छ । हरेक वर्ष साउनको सोमबारमा पशुपतिलगायत देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । यस वर्ष भने बोलबम यात्रा पनि नहुने भएको छ ।

यसैबीच, सरकारले पशुपति सर्वसाधरणका लागि खोल्ने निर्णय गरेको अवस्थामा पनि आफूहरु तयारी अवस्थामा रहेको कोषले स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...