अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Accident111

काठमाडौँ । अर्घाखाँचीको गोरूसिङगे–सन्धिखर्क सडकखण्डको ठाडादह नजिकै रिपाहा पाखामा शनिबार साँझ स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको सो गाडी दुर्घटना हुँदा पाल्पा रैनादेवी गाउँपालिका–८ का ३८ वर्षीय पाण्डव ठाहारीको दुर्घटनामा ज्यान गएको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । गाडी चालक लिला तामाङ गम्भीर घाइते छन् ।

थप उपचारका लागि उनलाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा रिफर गरिएको छ । गाडी सडकबाट करिव ६ सय मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...