कविता : जुरमुराई उठ
सिमेन्ट को कुलो मा पानि
सलल बगेको अवाज
कति राम्रो छ
जग भने कमजोर
भुकम्पले हल्लाएको ढुंगा जस्तो
कुन दिन सर्वनास मासिने हो
चिन्ताले थलिएर बस्नु छ ।
उत्तरबाट राजनैतिक तालिमको पहिरो
दक्षिणको उपहार जलमग्न तराईका गाउँहरु
माटो मिसिएको सिमेन्टको बाँध
कति थेग्ला
कुन दिन सबैलाई बगाउने हो
मनमा त्रास लिएर जिउनु छ ।
यो सम्वृद्धि नामको बालुवाको बाँध
यो समाजवादउन्मुख कमाऊ राजनीति
बहुदलीय अठ्परिया जनवादको दर्शन
अगाडी अगाडी लम्किँदैछ
भ्रस्टाचारको महाभुकम्पले हल्लाएको घर जस्तो
यो हाम्रो देश
इमानका नारा बोक्ने
बेइमानहरुको लुटबाट शिथिल हुँदैछ
चुपो लाग्ने बेला गई सक्यो
अब जुर्मुराई उठ्नु छ ।
प्रतिकृया दिनुहोस