जोखिम भत्तामै विभेद गरिएपछि प्युठान अस्पतालका नर्सहरुले फिर्ता गरे जोखिम भत्ता

Pyuthan nurse vatta firta

प्युठान । कोरोना महामारीकाबीच जोखिम मोलेर काम गरेको ४ महिना बित्दासम्म कोभिड –१९ निर्देशिकाले तोके अनुसारको पूरा भत्ता नपाएपछि जिल्ला अस्पताल प्युठानमा कार्यरत स्टाफ नर्सहरुले भत्ता फिर्ता गरेका छन् ।

अस्पतालले ३ महिना २१ दिनको जोखिम भत्ता बितरण गर्नुपर्ने भए पनि १४ दिनको मात्रै भत्ता दिएको थियो । त्यसप्रति असन्तुष्टी जनाउँदै २३ जना नर्सहरुले पाएको दुई साताको जोखिम भत्ता कुल १ लाख ८५ हजार ५ सय ४ रुपैयाँ शुक्रबार अस्पताललाई नै फिर्ता दिएका हुन् ।

नर्सहरुबीच नै भत्तामा सम्मान छैन । अग्रपंक्तीमा काम गर्ने नर्सहरुको कार्य मुल्याङ्कनसमेत नगरी भत्ता वितरण गरिएको उनीहरुले आरोप लगाएका छन् । अस्पतालले प्रोत्साहन भत्तामा विभेद गरेर कर्मचारीहरुलाई प्रोत्साहनभन्दा पनि मनोबल गिराउने काम गरेको उनीहरुको भनाई छ ।

गत ९ चैतमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो ।

आदेशअनुसार कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोनाविरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुने भनिएको थियो । तर जिल्ला अस्पतालले तोकिएको भन्दा कम भत्ता दिएको भन्दै नर्सहरुले अस्पतालले दिएको भत्ता फिर्ता गरिदिएका हुन् ।

भत्ता बितरणमा चित्त नबुझेको भन्दै असन्तुष्ट नर्सहरुले यसअघि नै अस्पताललाई पत्र दिएका थिए । तर अस्पतालले त्यसको सुनुवाई नगरेपछि भत्ता फिर्ता गरिएको उनीहरुले जनाउका छन् । प्युठान अस्पतालका प्रमुख डा. अमृत पन्थीले नर्सहरुले भत्ता फिर्ता गरेको जानकारी मन्त्रालयमा पठाइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...