नेपालमा थप एक जना कोरोना संक्रिमितको मृत्यु, मृतकको संख्या ४० पुग्यो

Corona death

धरान । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रदेश २ सप्तरीका भए पनि प्रदेश १ मा पहिलो व्यक्ति उपचारको क्रममा मृत्यु भएको यो पहिलो घटना हो । शवलाई कसरी व्यवस्थापन गर्ने भनेर अहिले समन्वय भइरहेको बताईएको छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका–६ निवासी एक व्यापारी ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको उनी असार ३१ गते अस्पतालमा भर्ना भएका थिए । उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

उनी भारतको विभिन्न व्यापारिक सहरमा व्यापारको लागि आउजाउ गर्ने गरेका थिए । उनको शव अहिले प्रतिष्ठानको शव गृहमा डेडबडी डिस्पोजेवल व्यागमा सुरक्षित राखिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उनलाई बीपीमा असार ३१ गते उपचारका लागि इमेरजेन्सीमा ल्याइएको थियो । उनमा मुटु रोग, उच्च रक्तचाप र मधुमेह पनि रहेकोले उनी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएको र हिजो प्रतिष्ठानको आइसोलेसनमा सारिएको थियो ।

स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनी सप्तरीको कुनै क्वारेनटाइनमा बसेको रेर्कड नभएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...