घुस लिएको अभियोगमा इञ्जीनियर पक्राउ

Arested 1

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेको अख्तियार पोखरा कार्यालयका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए । अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका थिए ।

घुस रकम लिएर सेवाग्राहीलाई अधिकारीले असार मसान्तको बहानामा पोखरा बोलाएको आयोगले जानकारी दिएको छ । आफूले गरेका काममा तलदेखि माथिसम्म सबैको चित्त बुझाउनुपर्ने भन्दै उनले रु एक लाख घुस मागेका थिए । सुराकीका आधारमा जिरो किलोमिटर पुगेको अख्तियारको टोलीले उनलाई रङ्गेहात पक्राउ गरेको रिजालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...