‘बहिनी’ बनाएर पटक–पटक बलात्कार गर्ने वडाध्यक्ष पक्राउ
काठमाडौँ । ‘बहिनी’ बनाएर पटक–पटक बलात्कार गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । कालिकोटाको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदीश शाहीलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ कालिकोटको सदरमुकाम मान्म बजारबाट प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको डिएस्पी श्यामबाबु ओलीयाले बताए । स्थानीय १७ वर्षीया बहिनी नाता पर्ने बालिकालाई तीन वर्षदेखि ललाइ–फकाइ गरी वडा अध्यक्षले करणी गरेको बालिकाका आफन्तले बताएका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनदेखि निरन्तर बालिकालाई ब’लात्कार गर्दै आएका वडा अध्यक्षले आफ्नो घरमा बोलाएर ढोका बन्द गरी जबरजस्ती गर्न खोजेपछि बालिकाले बाध्य भएर आफ्ना साथीसँग भनेकी थिइन् । मंगलबार बालिकाका साथीहरूसहित आफन्तले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको उजुरी दर्ता गराएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिकृया दिनुहोस