साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीसँग माफी मागेकै हुन् त ?

Samragi shah

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले एकपछि अर्को भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै नायक भुवन केसीविरुद्ध विभिन्न आरप लगाइन् । सो आरोपको खण्डन गर्दै केसी नेपाल चलचित्र कलाकार संघको शरणमा पुगे ।

नायक केसीले आफु अन्यायमा परेको भन्दै लिखित उजुरी दिए । तर, शाहले भने संघमा पुगेर मौखिक जवाफ दिएर माफी मागेकी छन् । साम्राज्ञीले आफूले कुनै पनि भिडियोमा भुवन केसीको नाम नलिएको र यो प्रसंगलाई अब आफूले अगाडि बढाउन नचाहेरै नयाँ भिडियो बनाउन बन्द गरेको पनि जवाफ दिएकी छन् ।

आफ्ना एक वकिल र अभिनेत्री नम्रता श्रेष्ठको साथमा कलाकार संघको कार्यालय साम्राज्ञी पुगेकी थिइन् । आफूलाई केही सिनेकर्मीले राम्रो व्यवहार नगरेको कारण यसरी भिडियोमा सिनेकर्मी विरुद्धको बोल्नुपरेको पनि साम्राज्ञीले दावी गरेकी छन् ।

आफ्ना एक वकिलसहित कलाकार संघ पुगेकी साम्राज्ञीले भुवनको निवेदनउपर लिखित नभएर मौखिक जवाफ दिएको पनि अध्यक्ष रवीन्द्र खड्काले बताएका छन् ।

भुवन केसीले भने आफ्नो गल्ती पुष्टि नभएमा साम्राज्ञीले माफी माग्नुपर्ने बताउँदै आएका छन् । भुवनले कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहमार्फत मेरो मानहानी भएकाले आफुमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिइरहेका छन् ।

उनले भने, ‘मैले आस्था मानेको नेपाल चलचित्र कलाकार संघबाट यो समस्याको समाधान भएन भने मैले मानहानिविरुद्ध चाँडै अदालत जानुपर्ने हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...