ऐश्वर्या र छोरी आराध्यामा पनि कोरोना संक्रमण पुष्टि
एजेन्सी । बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनको परिवारमा कोरोना संक्रमण देखिएको छ । अमिताभसँगै उनकी श्रीमती जया बच्चन, बुहारी ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको पाइएको छ ।
यसअघि शनिबार अमिताभ र उनका छोरा अभिषेकमा कोरोना संक्रमण देखिएको थियो । बच्चनको परिवारका सदस्यमा कोरोना भेटिएपछि घर सिल गरिएको छ भने कोरोना पोजेटिभ देखिएका सदस्यलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
कोरोना बाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चन उपचाररत छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दुवैजना नानावती अस्पतालको आइसोलेशनमा छन् ।
प्रतिकृया दिनुहोस