प्रदेश नं १ मा एकैदिन ९ जना सङ्क्रमित

1586848470coronavirus news scientists is

काठमाडौँ । प्रदेश नं १ मा  आज  नौ जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ । यसरी सङ्क्रमित हुनेहरुमा मोरङका छ, सुनसरीका दुई र झापाका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पोजेटिभ देखिएकाहरुमा मोरङको विराटनगरका दुई महिलासहित छ, सुनसरीको धरानका एक महिलासहित दुई र झापाको बाह्रदशीका एकजना रहेका छन् । प्रदेशमा योसँगै जम्मा सङ्क्रमितहरुको सङ्ख्या ६८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशबाट आज सात सङ्क्रमितहरु निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका तीन महिलासहित सातजना घर फर्केका छन् ।

निको हुनेहरुमा मोरङका चार र सुनसरीका तीनजना रहेको उपचार केन्द्र व्यवस्थापन समिति सदस्य धु्रव उरावले जानकारी दिए । निको हुनेहरुमा ६ वर्षीया बालिकादेखि ५० वर्ष उमेर समूहका रहेका उनले बताए ।  योसँगै प्रदेशमा निको भई घर फर्कनेहरुको सङ्ख्या ४७९ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...