भारतमा कोरोनाले २० हजारको मृत्यु, २४ घण्टामा २२ हजारभन्दा बढी संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७४ जनाको मृत्यु भएको छ भने २२ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख २० हजार ३४६ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।
संक्रमितमध्ये ४ लाख ४० हजार ९५० जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३२ हजार ३४० पुगेको छ ।
प्रतिकृया दिनुहोस