घट्न थाल्यो संक्रमितको संख्या, सोमबार १८० जनामा संक्रमण पुष्टि

Corona test

काठमाडौं । आज अरु दिनको तुलनामा नेपालमा कोरोना संक्रमितको संख्या घटेको छ । सोमबार नेपालमा १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर कोरोना संक्रमितको संख्या घटे पनि काठमाडौंमा भने बढेको छ । सोमबार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौंका २३ जना र ललितपुरका २० जनामा गरी ५४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । यो पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणको अन्तिम रिपोर्ट हो ।

सोमबार कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २ सय ६४ रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...