यी हुन् सुटिङमा रियल सेक्स गरिएका १२ चलचित्रहरु
काठमाडौं । विश्व चलचित्र क्षेत्रमा केही यस्ता चलचित्र पनि छन्, जुन चलचित्रमा कलाकारहरुले स्क्रिन कै लागि भनेर साँच्चै सेक्स गरेका छन् । सांकेतिक तस्विर कलाकारहरुले रियल सेक्स गरेका चलचित्रहरु यौन कथा अथवा ब्लू फिल्म होइनन् ।
विश्व सिने जगतमा सधैं फन्डा मच्चिने गर्छ । केही सामाजिक फिल्म बाहेकका चलचित्र सधैं भल्गर हुने गर्छन् । त्यसमा पनि विदेशी फिल्महरुमा सेक्स सिनहरु सामान्य बन्ने गर्छन् ।
यी हुन् रियल सेक्स गरिएका भानिएका १२ चलचित्रहरु :
१. गाण्डु
निकै विवादित बनेको यो भारतीय चलचित्र कलाकारहरुले साँचैको सेक्स गरेको चलचित्रहरुको सूचीमा परेको छ । एक जना संगीत प्रेमी युवा गाण्डुको कथामा बनाइएको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेको देखाइएको छ । यो भारतमा प्रतिबन्धित चलचित्र हो ।
२. लभ
गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।
३. एनाटोमी अफ हेल
चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हल लभ पश्चात दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गे लाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।
४. इन द रेलम अफ सेन्सेस
इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिंग काटेर हिडेकी एउटी जापनीज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए ।
५. पोला एक्स
धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दावी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।
६. सर्टबस
सर्टबस अमेरिकन कमेडी चलचित्र हो । यो चलचित्रको विषयवस्तु न्युयोर्कमा रहेका फरक फरक यौनिक विविधता भएका मानिसहरुको बारेमा रहेको छ ।
७. लभ एक्चुअल्ली सक्स
लभ एक्चुअल्ली सक्स सन् २०११ मा निर्मित हङकङमा निर्मित चलचित्र हो । यो चलचित्रको विषयवस्तु प्रेम सम्बन्ध र अझै बढी यौनका बारेमा बोल्छ ।
८. स्कार्लेट दिभा
स्कार्लेट दिभा अटोवायोग्राफिकल चलचित्र हो । दिभा इटालीयन नायिका तथा निर्देशक आस्ला अर्जेन्टोको जीवनमा अधारित चलचित्र हो । एक समय ड्रग्स, सेक्स र अन्य कुलतमा फसेकी उनी यी सब कुलतबाट छुटकारा पाउन उनी चलचित्र निर्देशक बनेकी थिइन् ।
९. थ्रो द लुकिङ ग्लास
यो चलचित्र आजभन्दा करिब ४० वर्षभन्दा पहिले बनेको हो । वयस्क चलचित्रको मान्यता पाएको यो चलचित्रलाई जोनास मिडलटाउनले निर्देशन गरेका हुन् ।
१०. पिंक फ्लेमिंगोस
पिंक फ्लेमिंगोस् सन् १९७२ मा बनेको ब्ल्याक कमेडी चलचित्र हो । जोन वाटर्सले निर्देशन गरेको यो चलचित्र निर्माणको सुरुवाती चरणमा निकै विवादमा रह्यो । कारण यस चलचित्रमा देखाइएका दृष्यहरु ।
११. स्वीट मुभी
यो चलचित्रमा एक जना क्यानेडियन सुन्दरीको कथा बुनिएको छ । जो आधुनिक कमोडिटी बजारको प्रतिनिधित्व गर्छिन् ।
१२. संगस
संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो । एजेन्सी
प्रतिकृया दिनुहोस