कोरोना संक्रमणबाट अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको मृत्यु

एजेन्सी । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ (कोरोना) सङ्क्रमणका कारण मृत्यु भएको छ ।
अफगानिस्तानको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा कोरोनाका कारण उनको मृत्यु भएको उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनलाई हालै कोरोना भाइरस सङ्क्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८१९ व्यक्तिको मृत्यु भएकोे छ ।
प्रतिकृया दिनुहोस