कोरोना संक्रमणबाट काठमाडौँका ८५ वर्षीय पुरुषको मृत्यु, मृतक सख्या ३२ पुग्यो

Yc0npmzq6xwst8qjepqs

काठमाडौँ ।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौँ नयाँ बानेश्वरका ८५ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पार्किन्सन र उच्च रक्तचापको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

मन्त्रालयको शुक्रबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले मृतकमा उच्च रक्तचाप र पार्किसनको समस्या रहेको थियो ।

उनको एक निजी अस्पतालमा आइसीयुमा उपचाररत रहँदा असार १७ गते राति मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...