भरतपुरमा एक युवकको शव फेला हत्याको आशंका

Death logo

काठमाडौँ । गए राति चितवनको शुक्रनगरमा एक युवकको शव फेला परेको छ । भरतपुर महानगरपालिका–५ शुक्रनगरस्थित आफ्नै बारीमा २७ वर्षीय सञ्जय खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार बारीमा खनाल अचेत अवस्थामा भेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अस्पताल पुर्याएलगत्तै डाक्टरले खनाललाई मृत घोषणा गरेका थिए । उनको शव भरतपुर अस्पतालका शव गृहमा राखिएको छ । खनालको मृत्यु संकास्पद देखिएकाले थप अनुसन्धान सुरु गरिएको जिल्ला कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...