मदिरा सेवन गरी महिलाको संवेदनशील अंगमा छुने वडाध्यक्ष पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथले एक महिलामाथि दुर्व्यवहारको प्रयास गरेका छन् ।
भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवमा पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेका हुन् ।
बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती ८ बजे उनीमाथि दुर्व्यावहारको प्रयास गरेको इलाका प्रहरी कार्यालय ब्रह्मदेवले जनाएको छ ।
वडाध्यक्ष नाथलाई भने अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयले उक्त महिलामाथि वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै दुव्र्यवहारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय ब्रह्मदेवलाई घेराउ गरेका छन् ।
साथै इप्रका माथि ढुंगामुढा समेत प्रहार भइरहेको प्रहरीले जनाएको छ ।
मदिरा सेवन पनि वडाध्यक्षले अंगालो हाल्दै ‘चुम्मन’ मागेको स्थानीयको आरोप छ ।
वडाध्यक्ष र महिलालाई सोधपुछका लागि ईप्रका ब्रह्मदेवमा नै राखिएको छ ।
प्रतिकृया दिनुहोस