सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९३३

Corona nurse

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित कूल दुई हजार ९३३ जना पुगेका छन् । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा बिहिबारसम्म दुई हजार ९३३ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

संक्रमितहरूमा ६७९ महिला र २२५४ जना पुरूष छन् । महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ८७४, कञ्चनपुरमा ३५१, डडेलधुरामा २३०, डोटीमा ४७३, अछाममा २८८, बाजुरामा ३३७, बैतडीमा २३६, बझाङमा १२७ र दार्चुलामा १७ जनामा संक्रमण पाइएको छ ।

यस प्रदेशबाट ५६१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । कैलालीका ४, बाजुराबा २ र अछामका १ गरी सातजनाको कोभिड–१९ बाट मृत्यु भएको छ। मृत्यु भएकामध्ये ५ जनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोभिड–१९ नतिजा पोजिटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...