क्लिनिकमा विष्फोट हुँदा १९ जनाको मृत्यु, कैयौं मानिस घाईते

एजेन्सी । ईरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ ।
यो विष्फोट उत्तरी तेहरानस्थित सिना अतहर क्लिनिकमा मंगलबार भएको हो ।
सरकारी अधिकारीहरुले सुरुमा १३ जनाको मृत्यु भएको बताए पनि तेहरान फायर डिपार्टमेन्टका प्रवक्ता जलाल मालेकेइले त्यहाँको सरकारी टेलिभिजनलाई जानकारी दिंदै १९ जनाको मृत्यु भएको बताए ।
ईरानको सरकारी समाचार एजेन्सी द स्टेट रन आइआरएनएले प्रवक्ता मालेकेइलाई उद्धृत गर्दै मृत्यु हुनेमा १५ जना महिला र ४ जना पुरुष रहेको जनाएको छ ।
मालेकेइका अनुसार २० जनाको जिवितै उद्धार गरीएको छ । यो घटनामा कैयौं मानिस घाईते भएका छन् । मृत्यु हुनेको संख्या बढ्नसक्ने स्थानीय अधिकारीहरुले सम्भावना ब्यक्त गरेका छन् ।
ग्याँस लिक हुँदा विष्फोट भएको ईरानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै न्युयाोर्क टाइम्सले जनाएको छ ।
प्रतिकृया दिनुहोस