रक्तस्रावका कारण गम्भीर बिरामी परेकी गर्भवतीको हवाईमार्फत उद्धार

Helicopter 20181122045045 0ahkrufpnc

काठमाडौँ । अत्यधिक रक्तस्रावका कारण गम्भीर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अत्यधिक रक्तस्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार भर्ना भएकी गौंरीशङ्कर गाउँपालिका–४ झ्याकुकी सात महिनाकी गर्भवती पासाङ ठिली शेर्पालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी शनिबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

शेर्पाको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार भइरहेको छ । छ दिनदेखि रक्तस्राव भएर शेर्पालाई थप उपचारका लागि काठमाडौँ रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा अरुण उप्रेतीले जानकारी दिए ।

अस्पतालका अनुसार शेर्पाको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो । अस्पतालले काठमाडौँ लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराइएको थियो ।

त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेका थिए । मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

बन्दाबन्दीको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीकोे निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिइन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...