नगर प्रमुख शाहीमाथि खुसार्नीको धुलो प्रहार

Mugu

मुगुका नगर प्रमुखमाथि खुर्सानीको धुलो प्रहार गरिएको छ ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौं नगर सभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि लक्षित गर्दै खुर्सानीको धुलो प्रहार गरिएको हो ।

अनुशा टप होटेल एण्ड लजको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको सातौँ नगरसभा उद्घाटनका लागि नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्घाटन गर्दै गर्दा असन्तुष्ट पक्षले नाराराबाजी गर्दै नगर प्रमुखमाथी खुसार्नीको धुलो प्रहार गरेका हुन ।

खुसार्नी प्रहार गर्ने नगर कार्यपालिकाका सदस्य कर्ण कुलाल रहेको खुलेको छ ।

नगर प्रमुखलाई लक्षित गरि फालिएको खुसार्नीको धुलो सुरक्षाकर्मी र कर्मचारीको आँखामा परेको थियो ।

खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...