रामदेवले बनाएको कोरोना विरुद्धको औषधि वितरणमा सरकारले किन लगायो रोक ? यस्तो छ मुल रहस्य

Ramdev corona medicine

काठमाडौं । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । लाखौँ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यस भाइरसलाई नियन्त्रण गर्नका लागि विभिन्न खोपहरुबारे विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् ।

विश्व जगत नै पताञ्जली रिसर्च इन्सीच्युट, हरिद्वार एन्ड नेशनल इन्सीच्युट अफ मेडिकल साइन्स जयपुरको खोजमा कोरोनिल नामक औषधी सार्वजनिक भयो यसले कोरोनाबाट त्रसित आम जनतालाई खुसीको तरंग ल्यायो । यो खुसी साँझसम्म मात्रै टिक्यो, आयुष मन्त्रालयले पतञ्‍जलीलाई औषधिको प्रचार नगर्न निर्देश दिएको छ ।

मंगलबार कोरोनिल नामक औषधी सार्वजनिक गर्दै योग गुरु रामदेवले कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा भएको र जसले शरीरको प्रतिरोध क्षमता बढाउँछ भनेका थिए । तर, भारतको आयुष मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई निर्देशन दिँदै मंगलबार यस औषधिको परीक्षण नहुन्जेल प्रचार–प्रसार नगर्न निर्देशन दिएको छ ।

यसका साथै उत्तराखण्ड सरकारको लाइसेन्सिङ्‍ग अथोरिटीबाट यस उत्पादनको अनुमतिपत्रको प्रतिलिपि पनि मगाइएको छ । पतञ्‍जलिको कोरोना ट्याब्लेटबारेमा आयुष मन्त्रालयले यस औषधिको वैज्ञानिक परीक्षण नगरी विश्‍वास गर्न नसकिने जनाएको छ ।

आयुष मन्त्रालयले पतञ्‍जलि आयुर्वेद लिमिटेडबाट कोभिडको औषधिको कम्पोजिशन, रिसर्च र स्याम्पल साइजसमेत सबै जानकारी सार्वजनिक गर्न भनेको छ ।

उनले यो घोषणा गरेसँगै कोरोनाको गम्भीर संकटतर्फ धकेलिइरहेको भारतमा खुसीयाली छाएको थियो । तर मन्त्रालयले उसको रिसर्चको पूरा विवरण उपलब्ध गराउन पनि भनेको छ ।

कोरोना कुनै साधारण रोग होइन, यो बिलकुल नयाँ भाइरस हो । यसको औषधि र भ्याक्सिन बनाउन भारतभरका वैज्ञानिक पनि जुटेका छन् । कोरोना महामारीको औषधि बनाउन कुनै नि कम्पनीले मन्त्रालयको अनुमति लिनुपर्ने हुन्छ । यस्तोमा कुनै पनि कम्पनीले कोरोनाको औषधि बनाएको दाबी स्वतस् गर्न पाउँदैनन् ।

कुनै नयाँ भ्याक्सिन या औषधि बनाउँदा अनिवार्यरुपमा सरकारबाट अनुमति लिनुपर्ने हुन्छ । त्यसपछि मात्रै त्यो कम्पनीले औषधि बनाउन पाउँछन् । कुनै पनि कम्पनीले बजारमा गएर कोरोनाको औषधि भनेर दाबी गर्न पनि पाउँदैनन् ।

मन्त्रालयले पतञ्‍जलि ग्रुपलाई यस औषधिको वैज्ञानिक परीक्षण नभएसम्मका लागि कुनै किसिमको प्रचार प्रसार नगर्न पनि निर्देशन दिएको छ । रामदेवले मंगलवार कोरोनाको आयुर्वेदिक औषधि बनाएको जिकिर गरेका थिए । कोरोनिल नामको यो औषधि उनले सार्वजनिक गरेका थिए । यस औषधिबाट कोरोनाका बिरामी ठीक भएको दाबी उनले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...