चीनले भन्यो, भारतले सन् १९६२ मा भन्दा धेरै क्षति बेहोर्ने दिन नआओस्

काठमाडौं । भारतले चीनसँगको वास्तविक सीमा रेखा एलएसीमा आफ्नो सैनिकलाई स्वविवेकको प्रयोग गरेर हतियार प्रयोग गर्न सक्ने अनुमति दिएपछि चीनले त्यसको जवाफ दिएको छ ।
चीनले हतियार नभएका चिनियाँ सेनाले केहीदिन अघि भारतीय सेनालाई पराजित गरेको स्मरण गराउँदै हतियार भएका चिनियाँ सेनासमक्ष भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै फरक हुने चेतावनी दिएको छ ।
ग्लोबल टाइम्समा लेखिएको छ, ‘भारतीय राष्ट्रवादलाई हामीले भन्नैपर्छ कि निःसशस्त्र संघर्षमा चिनियाँ सेनालाई हराउन सकेनन् भने अब बन्दुक वा अन्य हतियारले हराउने भन्ने कुरै हुँदैन । चीनको सैन्य शक्ति भारतको भन्दा धेरै उन्नत र बलियो छ । सन् १९६२ मा उस्तै सैन्य शक्ति भएको समयमा त चिनियाँ सेनाले भारतीय सेनालाई सजिलै पराजित गरेको थियो । अहिले चीन आर्थिक र सैन्य सबै हिसाबले भारतभन्दा धेरै माथि छ ।’
ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका चीन विरुद्धका गतिविधिको पनि अध्ययन गरिरहेको जनाएको छ ।
‘भारतले चीनसँग युद्ध गर्नु भनेको अण्डाले ढुंगालाई प्रहार गरेजस्तै हो । चीन भारतसँगको युद्ध गर्न चाहँदैन, तर हामीसँग भारतीय सेनाका हरेक उत्तेजनाको जवाफ दिने पर्याप्त क्षमता छ’ ग्लोबल टाइम्स लेख्छ, ग्लोबल टाइम्स लेख्छ, ‘सीमा विवादलाई वार्ताकै माध्यमबाट समाधान गर्नु भारतका लागि हितकर हुनेछ ।’
सन् १९६२ मा चीनसँगको युद्धमा ठूलो हार व्यहोरेको भारतले आफ्नो सीमा क्षेत्र पनि गुमाएको थियो । एजेन्सी
प्रतिकृया दिनुहोस