काठमाडौंमा प्रेमीसँग सहवास गरेर इलाम पुगेपछि...

Premarital sex same as fornication

काठमाडौं । प्रेमिका गाउँमा भएको बेलामा एक जना प्रेमीले उनको नग्न तस्बिर विदेशमा बस्ने युवाहरुलाई पठाएर पैसा असुल्ने गरेको खुलेको छ ।

प्रेमिकालाई आफ्नो कोठामा बोलाएर फकाइ फुल्याइ शारिरीक सम्बन्ध पनि बनाएका ति प्रेमीले त्यतीबेला खिचेका तस्बिर अन्य पुरुषलाई पठाउने गरेका हुन् ।

युवती इलामकी हुन् । उनी लकडाउनका कारण आफ्नो परिवारसंग बस्न इलाम पुगेकी छन् । खोटाङका उनका प्रेमी एकराम राई भने काठमाडौंमै थिए । युवती पनि काठमाडौंमै भएको बेलामा उनीहरु दिनहुँ भेट्थे ।

त्यही बेलामा उनले युवतीलाई आफ्नो कोठामा लिएर गएर सम्बन्ध पनि राखे भने उनका न’ग्न तस्बिर पनि खिचेका थिए । लकडाउनमा प्रेमीका घर इलाम गएको बेलामा उनले तिनै तस्बिर विदेशमा रहेका युवकलाई पठाएर पैसा असुल्ने गरेका थिए ।

विदेशमै रहेका एक जना युवकसंग तस्बिर पठाएर पैसाको लागि कर गरेपछि शंका लागेर सोध खोज गर्दा युवतीको नामवाट तस्बिर पठाएर पैसा माग्ने पुरुष रहेको खुलेको हो । विदेशमा रहेका ति युवकले नेपालमा रहेका आफ्ना दाईलाई त्यसको जानकारी दिएपछि उनी प्रहरीकहाँ पुगेका थिए । आफ्नो तस्बिर विदेशमा भाइरल भइरहेको छ भन्ने कुरा युवतीलाई थाहा छैन ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा ‘रोजिना’ नामको फेसवुक आइडिवाट उनकै प्रेमीले विदेशमा तस्बिर पठाएको पत्ता लाग्यो । ति युवतीले प्रहरीले भनेपछि मात्र त्यस बारेमा जानकारी पाइन् ।

लकडाउनको कारण प्रेमिका गाउँमा रहेको मौकामा ‘रोजिना’ नामको फेसबुक आईडी खोले । त्यही फेसबुकमार्फत् उनी अर्थात रोजिनाको कथित प्रेमीले स्वदेश तथा विदेशमा रहेका नेपाली केटाहरुसँग म्यासेन्जरमा च्याट गर्थे ।

रोजिना नामको फेसबुकबाट विदेशमा रहेका जो कोही केटाहरुसँग भावुक र उत्तेजक कुरा हुने भएकाले उनीहरु पनि मख्ख पर्थे । कतिपयले उनलाई पैसा पनि पठाएका थिए । युवतीको फेसवुक आइडिवाट थुप्रै त्यस्ता फोटो म्यासेन्जरमा आएपछि केटाहरुले यो नक्कली आइडि हो भन्ने पनि थाहा पाएनन् । अहिले उनी पक्राउ परेका छन् । प्रेमीकाले पनि आफ्नो तस्बिर दुरुपयोग गर्ने प्रेमी विरुद्ध उजुरी दिएकी छन् ।

एकदिन मलेसियामा रहेका एक युवकलाई सोही आईडीबाट रिक्वेष्ट गएपछि कुराकानी हुन्छ । हेलो हाई भन्दै जाँदा त्यस्तै भावुक कुरा हुन्छ । उनले तस्बिर पठाउन भनेपछि नग्न तस्विर जान्छ । ति युवक छक्क पर्छन् । फेसवुक आइडिमा भएको तस्बिर र त्यो तस्बिर मिलेपछि उनी पनि केटीकै हो भनेर विश्वस्त हुन्छन् ।

केही दिनको कुराकानी पछि एकरामले पैसा माग्छन् । तर मलेसियाका ति युवकले आलटाल गर्छन् । पछि उल्टै एकराजले साइवर मुद्दा हाल्दिन्छु भनेर धम्की दिएपछि मलेसियामा बसेका ति युवकलाई शंका लाग्छ । शंका लागेर नेपालमा भएका आफ्ना दाईलाई त्यो कुरा भनिदिन्छन् । उनकै दाई प्रहरीकहाँ गएर उजुरी दिएपछि भएको अनुसन्धानमा एकराजको वास्तविकता बाहिरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...