थपिँदै सङ्क्रमित, सुस्त स्वाब सङ्कलन

Corona khop uk

महोत्तरी : महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएको हो ।

जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या १६४ पुगेको छ । पछिल्लोपटक मङ्गलबार राति थप ४१ जनामा सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या १६४ पुगेको हो । यसअघि मङ्गलबार साँझ १९ जना नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । दुवै जोड्दा मङ्गलबार नै ६० जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए ।

पछिल्लोपटक मङ्गलबार जिल्लाको जलेश्वर क्वारेन्टिनमा २८, बर्दिवासमा १५, मनराशिशवामा १३ र एकडाराको क्वारेन्टिनका चारजनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि जिल्लाको मध्य र सुदूर दक्षिणी भेगमा मात्र सङ्क्रमण पुष्टि हुँदै आएको थियो । पछिल्लोपटक मङ्गलबार एकैदिन १५ जनामा सङ्क्रमण पुष्टि भएपछि उत्तरी क्षेत्रको बर्दिवास नगरक्षेत्रमा त्रास नै फैलिएको छ । यसअघि सोमबारमात्र बर्दिवासका एकजनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जिल्लामा पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षणको नतिजा (रिपोर्ट) आउने क्रम अत्यन्त सुस्त भएको जताततै गुनासो बढेको छ । मङ्गलबार ८८ क्वारेन्टिनमध्ये कतै पनि पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन हुन सकेन । यहाँ सोमबारसम्म एक हजार ९०९ जनाको स्वाब सङ्कलन गरिएको थियो । जसमध्ये हालसम्म ७०८ जनाको मात्र परीक्षण नतिजा आएको छ । जसमा १६४ को पोजेटिभ र ५४४ जनाको नेगेटिभ परिणाम प्राप्त भएको जनस्वास्थ्य निरीक्षक झाले जानकारी दिए । स्वाब परीक्षण गरिएका मध्ये एक हजार २०१ को परिणाम आउन बाँकी छ ।

बर्दिवास–१ स्थित क्वारेन्टिनमा जेठ दोस्रो सातामै पिसिआर परीक्षण गरिएका कतिको अझै रिपोर्ट आएको छैन । जिल्लामा अहिले क्वारेन्टिन केन्द्र बढाएर ८८ पु¥याइएको छ । यी सबै केन्द्रमा गरी चार हजार १७४ श्यया छन् । यिनमा अहिले तीन हजार ४६२ जना बस्दै आएका छन् । त्यसैगरी स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी ९७६ जना होम क्वारेन्टिनमा रहेका छन् । जिल्लामा अहिले १५६ श्ययाको आइसोलेशन कक्ष सञ्चालनमा छ । जसमा ९० जना शङ्कास्पद रहेका छन् । तर आवश्यक सामग्रीको अभावले स्वाब सङ्कलन भने दुई हजारभन्दा तल नै छ ।

हालसम्म जलेश्वर अस्पताल र नेपाली सेनाको परिकौलीस्थित रणभीम गणमा मात्र आइसोलेशन कक्ष सञ्चालनमा छ । बर्दिवासमा मङ्गलबार थपिएका सङ्क्रमितलाई त्यही नै आइसोलेशन कक्ष थपेर राखिएको र पिपरास्थित स्वास्थ्य केन्द्रमा तत्कालै ५० श्ययाको आइसोलेशन सञ्चालन गर्न लागिएको जनस्वास्थ्य निरीक्षक झाले बताए ।

जिल्लामा हालसम्म आरडिटी प्रणालीअनुसार एक हजार ९९ जनाको परीक्षण गरिएको छ । जसमा ९५६ को नतिजा नेगेटिभ र १४३ जनाको पोजेटिभ आएको छ । पोजेटिभ नतिजा आएका सबैको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण हुँदै गरेको कार्यालयले जनाएको छ । जिल्लाको सुदूर दक्षिणी क्षेत्रको सम्सी गाउँपालिका–५ पोखरभिण्डा सग्रामपुर क्वारेन्टिन केन्द्रबाट भागेका २४ जनामध्ये १४ जना सम्पर्कमा आइसकेका छन् । सोमबार मध्यरातअघि केन्द्रबाट भागेका मध्ये १० जनाको अझै खोजी गरिँदैछ ।

यसैगरी बर्दिवास–१ को क्वारेन्टिनमा स्वाब सङ्कलन गरिएकालाई गत शुक्रबार आरडिटी जाँच गरेर नेगेटिभ आएपछि १२ जना घर फर्काइएको थियो । घर फर्काइएका मध्ये दुई दिनपछि गत आइतबार एकजनाको पिसिआर नतिजा पोजेटिभ आएपछि उनलाई फेरि नियन्त्रणमा लिएर उनीसँग पछिल्ला दुईदिन संसर्गमा रहेकाहरुको खोजी अहिले टाउको दुखाई बनेको छ ।

पिसिआरको नतिजा नआउँदै घर फर्कन सम्बन्धितले हल्लाखल्ला मच्चाएर केन्द्रमा खान छाडेपछि आरडिटी गरेर छाडिएको थियो ।

आइसोलेशनमा पु¥याइएका उनीसँग संसर्गमा जोडिएकाको खोजी भइरहेको कार्यालयले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...