१४ तल्लाबाट खसेर सिंह राजपूतको पूर्वम्यानेजरको मृत्यु

बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति मृत्यु भएको छ ।
एक भवनको १४ औँ तल्लाबाट खसेर दिशाको मृत्यु भएको हो । स्राेतका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घटनापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृत्त घोषणा गरेका थिए ।
प्रहरीले दिशाको आमाबाबुको बयान लिएको छ भने उनको प्रेमीको बयान लिन बाँकी रहेको छ ।
मुम्बई प्रहरी यतिबेला दिशाको मृत्युको कारण जाँच गरिरहेको छ । प्रहरीलाई कुनै सुसाइड नोट फेला परेको छैन ।
दिशाले घटनाअघि आफ्नो प्रेमी रोहन राय र केही साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घटना भएको थियो ।
दिशा बन्टी सजदेहको म्यानेजमेन्ट कम्पनी कर्नर स्टोनमा कार्यरत थिइन् ।
प्रतिकृया दिनुहोस