थाइल्याण्डका प्रधानमन्त्रीद्वारा श्रमिकलाई वैदेशिक कामका लागि मानसिकता बनाइराख्न आग्रह

Thailada

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–आचाले थाई श्रमिकहरूलाई कोभिड–१९ को महामारी सकिँदासाथ कामका लागि विदेश जाने मानसिकता बनाई तयारी अवस्थामा रहिराख्न आग्रह गरेका छन् । आफ्ना प्रवक्ता नारूमोन पिन्योसिनवातमार्फत सोमबार दिएको निर्देशनमा कोभिड–१९ को महामारीपछि विदेशमा जानेगरी आफुलाई तयारी अवस्थामा राख्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रयुत चान–ओ–चाले थाई श्रमिकलाई प्राविधिक तथा भाषागत सीपका साथै शारीरिक तन्दुरूस्ती र कागजातलाई अद्यावधिक गरिराख्न भन्दै बोलाएको अवस्थामा विदेश जानसक्ने हुन आग्रह गरेका छन् । नारूमोनले प्रधानमन्त्रीको भनाइबारे थप प्रस्ट पार्नुभयो,“कामदारको माग गर्ने मुलुकले कोभिड–१९ पछि ठूलो सङ्ख्यामा कामदारको माग गर्ने र तत्काल विदेश जान सक्नेगरी तयारी अवस्थामा रहनुस् । महामारीपछि वैदेशिक रोजगारीका अवसरहरू प्रशस्त हुनेछन् ।” 

प्रवक्ताले प्रयुतलाई उद्धृत गर्दै भने, “थाइल्याण्डमा चीनको ताइवान, दक्षिण कोरिया, मलेसिया, जापान र इजरायलजस्ता श्रमको विश्वबजारका लागि आवश्यक पर्ने जनशक्तिको उच्च माग हुने गरेको छ ।” कोभिड–१९ को लडाईमा थाइल्याण्डको सफलता थाई श्रमिकमा हुने नैतिकता र अनुशासनका कारण विश्व श्रम बजारबाट थाइल्याण्डको जनशक्तिको बढी माग हुने बताइएको छ ।

थाइल्याण्डका लागि कुवेती राजदूत अब्दुल्ला नामा अब्दुल्ला अलशरानले प्रधानमन्त्री प्रयुतसँग सोमबार भेट गरेको र थाइल्याण्डबाट कोभिड–१९ का कारण फिर्ता भएका कामदारहरूलाई भवन निर्माण तथा अन्य पूर्वाधारका क्षेत्रमा सहयोग गर्नेगरी माग हुने सङ्केत गरेको बताइएको छ ।

थाई सरकारले महामारीपछि करिब एक लाख श्रमिकलाई विदेश पठाई राष्ट्रिय अर्थतन्त्रमा करिब एक खर्ब ४० अर्ब थाई भाट (चार अर्ब ४५ करोड अमेरिकी डलर) को योगदानको अपेक्षा गरेको प्रवक्ताले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...