लकडाउनको मारमा गर्भवती

Pregment woman xmqjjqk6h9

काठमाडौँ । कोभिड—१९ को कारणले गर्दा गर्भवती महिलाहरुलाई समस्या भएमा र आपत्कालीन अवस्थामा बाहेक घरमा नै सुरक्षित बस्नुहोला,  केही परेमा मलाई फोन गर्नुहोला”,  यो हेटौंँडा अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक राघवेन्द्र ठाकुरले आफ्ना बिरामीका लागि सामाजिक सञ्जालमार्फत दिएको सूचना हो । उनले आफ्ना बिरामीलाई सुरक्षित भएर बस्न भनेका छन् । नियमित जाँचमा आउने बिरामीलाई पनि उनले समस्या परे मात्र सुरक्षित भएर आउन सुझाइएको बताए ।

पछिल्लो समय हेटौंँडा अस्पताल सुधार भइसकेपछि नजीकको तराईका जिल्ला (बारा, सर्लाही, रौतहट) लगायतबाट पनि नियमित जाँच तथा सुत्केरी गराउनका लागि हेटौंँडा अस्पताल आउनेको संख्यामा वृद्धि भएको तर बन्दाबन्दीमा समस्या परेका र समय पुगेका गर्भवतीलाई मात्र आउन सुझाइएको चिकित्सक ठाकुरको भनाइ छ । उनले हाल पाँच दिनदेखि भने अस्पतालको बहिरंग सेवा नै बन्द भएका अवस्थामा आपत्कालीन बिरामी मात्र लिइएको जानकारी दिए ।

बन्दाबन्दीका कारण अरु शल्यक्रिया रोक्न मिल्ने भए पनि गर्भवतीको  रोक्न नमिल्ने कारण बन्दाबन्दीका अवधिमा मात्र १२० भन्दा माथि शल्यक्रिया गरिएको जानकारी दिए । नियमितरुपमा जाँच गराउँदै आइरहेका गर्भवतीलाई भने घरमा नै बस्न भनिएको उनको भनाइ छ । कोरोना संक्रमण जोखिम कम गर्न अस्पतालले यस्तो उपाय अपनाएको चिकित्सक ठाकुरको भनाइ छ । महिलाहरु कोरोना संक्रमणसँंग डराएका कारण पनि व्यथा लागेको र शिशु नचलेका अवस्थामा मात्र अस्पताल आउने गरेको उनले जनाए ।

अस्पताल तथा चिकित्सकभन्दा पनि अहिले सुत्केरी हुने समय आइपुगेकामा गर्भवती  चिन्तित देखिएका छन् । हेटौंँडा उपमहानगरपालिका—४ की कौशिला बर्तौलाको सुत्केरी हुने समय आउन अब १० दिन मात्र बाँकी छ । पहिला पनि पाठेघरको शल्यक्रिया गराइसकेको उनलाई सुत्केरी हुन जाँदा कोरोना संक्रमण होला भन्ने चिन्ता छ ।

उनी भन्छिन्, “ अस्पतालदेखि घरसम्म बच्चा लिएर कसरी सुरक्षित आइपुग्ने चिन्ताले निद्रा लाग्न छाड्यो ।” एकल परिवार र श्रीमानको व्यस्तताले गर्दा साथीभाइ र छिमेकीसँग सहायता लिनुपर्ने भएको तर जटिलावस्थाका कारण सहयोग पाइँदैन कि भन्ने अर्को चिन्ता रहेको उनको भनाइ छ । उनले भनिन्, “ के गर्नू, अस्पतालमा कुर्ने नि कार्ही हुँदैन जस्तो छ, सबै डराउँछन् अस्पताल जान ।” उनी अहिले सकेसम्म प्राकृतिक जन्म दिने सोंचमा रहेकी छन् तर पहिलाको शल्यक्रिया भएका कारण सकिँदैन कि भन्नेसमेत चिन्ता रहेको बताउँछिन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...