कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

Capture 192

एजेन्सी । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन् । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन् । उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बस्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।” उनी कोरोनाभाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहेको थियो । उनी मातहत नै यस सम्बन्धी समिति रहेको थियो ।

स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निष्कर्ष निकालिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनीहरुको फेरि केही दिनमा दोहोर्याएर परीक्षण गरिने जानकारी दिए । “मन्त्रीहरु विभिन्न ठाउँमा जाने गरेको, मानिसहरुलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो,” उनले भने ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...