पूर्वी रुकुमसहित आज थपियो ११४ जनामा संक्रमण, पुग्यो ८८६ जना

Corona update

काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या १ सय १४ जना थपिएको छ । पहिलो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको हो ।

सिरहामा २ जना, बारामा ७ जना, रौतहटमा ३६ जना, सप्तरीमा ११ जना, झापामा १७ जना, मकवानपुरमा १ जना र बागलुङमा ६ जनामा नयाँ संक्रमण देखिएको छ । रुकुमपूर्वका ३, दाङका १५ जना र बाँकेमा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित १ सय १४ जनासहित कूल संक्रमितको संख्या ८ सय ८६ पुगेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...