संसारको सबैभन्दा गहिरो सुन खानी पनि बन्द

Sun khani oy6hbgmujp

काठमाडौँ । कोरोनाभाइरसको १६४ संक्रमित फेला परेपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीको काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुन खानी हो । एक महिना बन्द भएपछि यो खानीमा गत महिना मात्रै काम सुरु भएको थियो । कोरोनाभाइरसको फैलनबाट रोक्नका लागि देशमा मार्चमा लकडाउन गरिएको थियो । त्यतिबेला देशका सबै सुन खानीमा काम बन्द भएको थियो ।

अहिले पनि जुन संक्रमित भेटिएका छन्, उनीहरुमा कोरोनाका कुनै पनि लक्षण देखिएको छैन । कम्पनी एंग्लोगोल्ड अशान्तिका अनुसार सबैलाई आइसोलेशनमा राखिएको छ । कम्पनीले गत हप्ता कोरोनाको पहिलो संक्रमित भेटिएपछि ६५० कर्मचारीको परीक्षण गरिएको बीबीसीले बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...