धनकुटालाई खुसीको खबर, ८४ जनाकै रिपोर्ट नेगेटिभ

Corona test

धनकुटा । धनकुटामा थप ८४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ८४ जनाको स्वाब संकलन गरिएको थियो ।

शुक्रबारसम्म संकलन गरिएको ८४ जनाको स्वाब शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइको थियो । तीमध्ये सबैको नेगेटिभ रिपोर्ट आएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले बताए ।

यसअघि धनकुटामा जेठ ४ गते धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ मा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो ।

तीमध्ये अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...