धनकुटामा २० जनाको रिपोर्ट नेगेटिभ, ६४ जनाको रिपोर्ट आउन बाँकी

Corona ppr test logo

धनकुटा । धनकुटामा थप ८४ जनामध्ये २० जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझैं ६४ जनाको रिपोर्ट आउन भने बाँकी नै छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी ७ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका ८४ जनाको स्वाब संकलन गरिएको थियो ।

शुक्रबारसम्म संकलन गरिएको ८४ जनाको स्वाब शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइको थियो । तीमध्ये २० जनाको नेगेटिभ रिपोर्ट आएको धनकुटा अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले बताए । आज दिउँसोसम्म सबैको रिपोर्ट आइसक्ने उनले बताए ।

यसअघि धनकुटामा जेठ ४ गते धनकुटा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ मा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो ।

तीमध्ये अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस