फेरि थपियो १७ जना संक्रमित, नेपालमा पुग्यो ४४४ जना

Corona update

काठमाडौं । बिहीबार बिहानै नेपालमा थप १७ जनामा कोरोना भेटिएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान प्रेस विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना भेटिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार संक्रमितहरु झापा, धनकुटा र सुनसरी जिल्लाका रहेका छन् ।

संक्रमितहरु भाmापको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।

धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...