अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

American embassy baghdad

काठमाडौँ । मंगलबार बिहान बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ । बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन् ।

उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन । ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । सन् २०२० मा मात्र कम्तीमा २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...