सर्लाहीमा हतियारसहित दुईजना पक्राउ

Arrest  20200517052107 (1)

मलंगवा । सर्लाहीको दक्षिणी क्षेत्र बिष्णु गाउँपालिका ३ विश्वनाथपुर टोलबाट हतियारसहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बिष्णु गाउँपालिका ३ का २५ वर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिह १ का १९ वर्षीय अनिष साह मुस्लिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बबाँसघारीमा लुकेर बसेको अवस्थामा प्रदेश २ को प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेको साथबाट प्रहरीले थ्री फिप्टी पेस्तोल, त्यसमा लाग्ने गोली १ थान त्यसैगरी पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान र त्यमा लाग्ने गोली ५ थान बरामद गरेको छ ।

उनीहरुले प्रयोग गरेको बिआर ३० एम ६७८७ नम्बरको लिभो मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिएका छन् । बरामद गरिएको मोटरसाइकलको अगाडी भागमा प्रेस समेत लेखिएको छ ।

अपरिचित व्यक्ति लुकेको खबर स्थानियले दिएपछि प्रदेशबाट र जिल्लाबाट खटेको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको कुवँरले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...