पूर्वी नवलपरासीका देखा पर्यो कोरोना, नेपालमा पुग्यो २४६ जना
काठमाडौं । पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २४६ पुगेको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि विहान मन्त्रालयले नेपालमा कोरोना संक्रमतिको संख्या २५० पुगेको बताए पनि त्यसलाई सच्याएको थियो ।
प्रतिकृया दिनुहोस