नेप्से परिसुचक नेगेटिभ सर्किट लाग्दा ४० मिनेटमै कारोबार बन्द

Share market 1

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार आज पनि बन्द हुने समयअघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ ।

नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि २ दशमलव शून्य एक प्रतिशतले घटेको छ ।

यस्तै ७४ वटा कम्पनीको २ सय ११ करोबारबाट ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको १० हजार ५ सय २६ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबारमा आएका ११ वटै समुहका सूचकहरु घटेका छन् ।

कारोबार भएका सबै कम्पनीको शेयर मूल्य पनि घटेको छ । सबै भन्दा धेरै कारोबार नेपाल टेलिकमको ८ लाख ६२ हजार ९ सय ५० रुपैयाँको भएको छ । यस्तै लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ३ प्रतिशतले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...