चीनले दियो कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री

Medical help china

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस उपचार, नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

चीनले पछिल्लोपटक उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरुमा ४० हजार थान पीसीआर टेस्ट किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क र १० हजार थान डिस्पोजेवल पिपिई छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

स्वास्थ्य सामाग्री लिँदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आपतको समयमा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिएका थिए ।स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले चीन सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरु आवश्यकता अनुसार कोरोना संक्रमित क्षेत्रमा पठाइने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...