केमिकल ग्यास प्लान्टबाट ज्यास लिक हुँदा ८ को मृत्य, २ सय घाइते

Gas lig india

काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् ।

जिल्ला अधिकारी विनय चाँदका अनुसार दुर्घटनामा करिब दुई सय मानिस बिरामी परेका छन् । उनीहरुको सथानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।

स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । यो ग्यास प्लान्टबाट तीनदेखि पाँच किलोमिटरसम्म फैलिएको अनुमान छ । यो प्लान्ट एलजी पोलिमर्स इन्डिया प्राइभेट लिमिटेडको हो ।

अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ ।

उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ । धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन् । विशेषगरी वृद्धि र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...