निको भएर घर फर्किएका ३ जनामा पुनः संक्रमण, उपचारका लागि अस्पताल भर्ना
काठमाडौं । कोरोना संक्रमणको उपचारपछि निको भएर घर फर्किएहरुमा फेरि कोरोनाको संक्रमण दाहोरिन थालेको छ । काठमाडौं, वीरगञ्ज र रौतहटका एकरएक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जमा उपचारपछि निको भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएका छन् भने काठमाडौंको सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भारतबाट फर्केका रौतहटका एक युवकमा पनि सङ्क्रमण दोहोरिएको बताए ।
प्रतिकृया दिनुहोस