गजल : गुन्टा भिरेर आएँ

Bodh regmi 20

मजदुर हुँ चर्को भाडा तिरेर बल्ल आएँ
शहर टिक्न सकिनँ गुन्टा भिरेर बल्ल आएँ ।

पैसा थिएन गोजीमा, हिडें साहूको खोजीमा
आँसु झारि सबै सामु गिरेर बल्ल आएँ

कोही रुने वारितिर कोही रुन्छन् पारि कठ्ठै
छिया छिया पारी मुटु चिरेर बल्ल आएँ ।

तय‌ गरें भोकै यात्रा सधैं यस्तै पीडा मात्र
सयौं माइल हिड्दै गाउँ छिरेर बल्ल आएँ ।

यसरी नि बाच्नु पर्ने अझै सपना साच्नु पर्ने
ढल्नै लाथें बाटोमा केवल थिरिएर बल्ल आएँ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...