आइसोलेसनमा बसेकी महिलाको मृत्यु

Achham hospital

अछाम । कोरोना संक्रमणको आशंकामा जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी मंगलसेनकी ५१ वर्षीय महिलाको मृत्यु भएको छ ।

उनलाई केही समय पहिले कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो । बिहीबार बिहान मंगलसेन नगरपालिका घर भएकी ५१ वर्षीया उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको कोरोना भाइरसको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ छ । पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...