झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि
काठमाडौं । नेपालमा फेरि एक जना कोरोना भाइरस) कोभिड १९) का संक्रमित थपिएका छन् । शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको हो ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ। संक्रमितमध्ये १० जना भने निको भएर घर फर्किसकेका छन् ।
झापास्थित आइसोलेशनमा अस्पताल रहेका कोरोना संक्रमित पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस