उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

Corona 6

काठमाडौं । उदयपुरका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या २० पुगेको छ । नेपालमा अब संक्रमितको संख्या ४० पुगेको छ ।

यसअघिको संक्रमण भएका १३ जनाको सम्पर्कमा आएका उदयपुरका थप ८ जनामा पनि कोरोना संक्रमण पोजेटिभ आएको हो ।

अहिले संक्रमण देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा हुन् । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो आठजनाको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा पोजेटिभ रिपोर्ट आएपछि फेरि परीक्षणका लागि नमुना धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँ परीक्षण गर्दा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...