लकडाउनमा पैसा छरेर भाग्ने नन्द भाउजुको आरडिटी रिपोर्ट पोजेटिभ

Janakapur corona tex

जनकपुरधाम । लकडाउनका बेला कोरोना भाइरसको सन्त्रास फैल्याउँदै बजारमा पैसा फ्याँक्ने दुई महिलामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ ।

शुक्रबार जनकपुरधामको महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोट जथाभावी फालेर यी महिला भागेका थिए। सडकमा फालिएको सो नोटमा थुक पनि हालिएको थियो ।

घटना लगत्तै प्रहरीले सो क्षेत्रमा विशेष निगरानी गरेर फालिएको नोट बरामद गर्नुका साथै चारैतिर सेनिटाइज गरेको थियो । उनीहरुलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको थियो ।

स्थानीयले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै महिलाको सीसीटीभी फुटेज निकालेर जनकपुरभरी सर्च अभियाननै चलाएको थियो ।

शनिबार दिउँसो पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालि—७ का हुन् । दुवैजना नातामा नन्द र भाउजू पर्छन् । प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको छ ।

हाल दुवै महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ भने पीसीआर परीक्षण भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...